Skip to main content

अहिले नै मद्दत प्राप्त गर्नुहोस् वा घृणाभाव अपराधका बारेमा रिपोर्ट गर्नुहोस् (Nepali)

अहिले नै मद्दत प्राप्त गर्नुहोस्

तत्काल सहयोग कसरी प्राप्त गर्ने र तपाईंले देख्नुभएको वा अनुभव गर्नुभएको घृणाभाव अपराधका बारेमा कसरी रिपोर्ट गर्ने भन्ने बारेमा बुझ्नका लागि तल दिइएका निर्देशनहरू पढ्नुहोस्।

 

आपतकालीन अवस्थामा सहयोग प्राप्त गर्न

तपाईं वा तपाईंले चिन्नुभएको कोही व्यक्ति निकट खतरामा हुनुहुन्छ भने, 9-1-1 मा फोन गर्नुहोस् वा आफ्नो स्थानीय प्रहरी विभागमा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा सहयोग प्राप्त गर्न
 

घृणाभाव अपराधका बारेमा रिपोर्ट गर्न

तपाईंलाई आफू घृणाभाव अपराधको शिकार भएको वा आफूले घृणाभाव अपराध देखेको जस्तो लाग्छ भने:

चरण 1: अपराधका बारेमा आफ्नो स्थानीय प्रहरीलाई सक्दो छिटो रिपोर्ट गर्नुहोस्।

चरण 2: यस रिपोर्टबारे संघीय अनुसन्धान ब्यूरो (FBI) टिप लाइनमा फोन गरेर तुरुन्तै थप जानकारी दिनुहोस्।

FBI टिप लाइनलाई 1-800-225-5324 मा फोन गर्नुहोस्

FBI ले टेलिफोन दोभाषेहरूलाई नियुक्त गर्छ जसकारण उनीहरू तपाईंसँग कुरा गर्न सक्छन्। तपाईंले कल गर्दा, अङ्ग्रेजी र स्पेनी भाषामा एक मिनेटको रेकर्ड गरिएको सन्देश हुने छ। तपाईंले लाइभ अपरेटर बोलेको नसुन्दासम्म लाइनमा रहनुहोस्। तपाईं बोल्ने भाषाको नाम भन्नुहोस् र तपाईंलाई थाहा भएको वा अनुभव गर्नुभएको घृणाभाव अपराधका बारेमा रिपोर्ट गर्न मद्दत गर्नका लागि अपरेटरले योग्य दोभाषेसँग तपाईंको सम्पर्क गराउनु हुने छ।

घृणाभाव अपराध भनेको के हो?

Iअपराध

+

पक्षपातको आधारमा अपराध गर्ने प्रेरणा

=

घृणाभाव अपराध

घृणा: "घृणा" शब्द भ्रामक हुन सक्छ। घृणाभाव अपराधको कानुनमा प्रयोग गर्दा, "घृणा" शब्दको अर्थ क्रोध, रिस वा सामान्य रूपमा मन नपर्ने हुँदैन। यस विषयमा “घृणा” भनेको कानुनद्वारा परिभाषित विशिष्ट विशेषताहरू भएका मानिस वा समूहहरू विरुद्धको पक्षपात हो।

अपराध: घृणाभाव अपराधमा "अपराध" भनेको प्रायः हिंसात्मक अपराध हो जस्तै दुर्व्यवहार, हत्या, आगलागी, गुण्डागर्दी वा उक्त अपराधहरू गर्ने धम्कीहरू। यसमा षडयन्त्र रच्ने वा अपराध कहिल्यै पनि नगरिएको भए तापनि अर्को व्यक्तिलाई उक्त अपराधहरू गर्न लगाउने कार्य पनि समाविष्ट हुन सक्छन्।

पक्षपात वा घृणाको घटना: अपराधहरू नमानिने र हिंसा, धम्कीहरू वा सम्पत्तिको क्षति संलग्न नहुने पक्षपातका कार्यहरू।

संघीय घृणाभाव अपराधका कानुनहरूले निम्न कुराको आधारमा गरिएका अपराधहरूलाई समाविष्ट गर्छ:

जाति असक्षमता
जातीयता/राष्ट्रिय मूल वर्ण
लैङ्गिक झुकाव लिङ्ग
लैङ्गिक पहिचान धर्म

राज्यको घृणाभाव अपराधका कानुनहरू भिन्न-भिन्न हुन्छन्। धेरैजसोमा जाति, रङ र धर्मको आधारमा गरिने अपराधहरू समावेश हुन्छन्। धैरैमा अतिरिक्त वर्गहरू पनि समावेश हुन्छन्।

पहिलो संशोधन र स्वतन्त्र वाचन:

अमेरिकी संविधानको पहिलो संशोधन अन्तर्गत, मानिसहरूलाई उनीहरूका विश्वासहरू अपमानजनक भए तापनि त्यसका लागि अभियोग लगाउन सकिँदैन। यद्यपि, पहिलो संशोधनले संरक्षित विश्वासका कारण अपराधहरू गरेका मानिसहरूलाई सुरक्षा प्रदान गर्दैन।

Updated November 17, 2023